काठमाण्डौ,१८ पौष ।
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले अघोषित नाकाबन्दी र त्यसबाट सिर्जना भएको मानवीय सङ्कट चाँडै अन्त्य हुने दाबी गर्नुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री राईले समस्यालाई समाधान गर्न सरकारले ठोस प्रस्ताव सार्वजनिक गरेको र त्यसमाथि अनौपचारिक वार्ता जारी रहेकाले छिट्टै नै सरकारले औपचारिक वार्ताका लागि मिति तोक्ने जानकारी गराउनुभयो ।
उहाँले मधेसी मोर्चासँग वार्ताको माध्यमबाट असमझदारी र अन्यौलता हटिसकेकाले मुलुकले चाँडै निकास पाउने स्पष्ट पार्नुभयो ।
उहाँले राजनीतिक संयन्त्रको माध्यमबाट सीमाङ्कनको समस्या तीन महिनाको अवधिमा समाधान गर्न प्रतिवेदन तयारी गर्ने काम भइरहेको र राजनीतिक रुपमा समाधानका लागि मोर्चासँग वार्ता गरेर ठोस निष्कर्षमा पुग्ने उल्लेख गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline