सीमाङ्कनको टुङ्गो लगाएर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ : भट्टराई

सीमाङ्कनको टुङ्गो लगाएर मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्छ : भट्टराई

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, १८ पुस ।

नयाँ शक्ति अभियानका संयोजक डा बाबुराम भट्टराईले तराई–मधेसमा जारी आन्दोलनको मुख्य विषय सीमाङ्कन टुङ्ग्याएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

तराई–मधेसमा जारी आन्दोलनका समस्यालाई समाधान गर्ने सम्बन्धमा आज आफ्नै निवास सानेपामा रिपोर्टर्स क्लबको ज्ञापनपत्र बुझ्दै उहाँले विगतको सहमतिका आधारमा सीमाङ्कनका विषय अन्त्य गर्नुपर्ने बताउनुभयो ।

उहाँले संविधानसभा, राज्य पुनःसंरचना समिति र अन्तरिम संविधान बमोजिमको राज्य पुनःसंरचना आयोगका सिफारिसका आधारमा प्रमुख दलबीच सहमतिको गरेर समस्याको समाधान गर्न सकिने स्पष्ट पार्नुभयो ।

आगामी केही महिनाभित्र वैकल्पिक राजनीतिक पार्टीका रुपमा नयाँ शक्ति आउने जानकारी दिँदै उहाँले सकभर छिटो, राम्रो र दिगो तथा सदाचारयुक्त र भ्रष्टाचाररहित पार्टी घोषणा गरिने बताउनुभयो ।

नेपालले आफूलाई चीन र भारतबीचको सम्बन्धलाई सन्तुलित एवम् गतिशील पुलका रुपमा विकास गर्नुपर्ने बताउँदै डा भट्टराईले त्यसका लागि राज्यले पहल गर्नुपर्ने बताउनुभयो

डा भट्टराईले अब १० देखि १५ वर्षका अवधिमा विश्वका मध्यमस्तरको देशमा नेपाललाई पु¥याउन आफूहरु लागेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ