काठमाण्डौ,१८ पौष ।
विश्वमै दुर्लभ गिद्ध सुर्खेतमा भेटिएको छ । लोपोन्मुख अवस्थामा रहेको डङ्गुर ‘हिमालयन ग्रिसन’ जातको गिद्ध बिरामी अवस्थामा भेटीएको जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ ।
वीरेन्द्रनगर–८ इत्रामस्थित शङ्करचोक नजिकै औषधिले लठिएको अवस्थामा फेला परेको गिद्धको अहिले उपचार जारी रहेको जिल्ला वन अधिकृत हेमराज विष्टले बताउनु भयो ।
मुखबाट फिज फालिरहेको अवस्थामा गिद्धलाई देखेका स्थानीय बासिन्दाले जानकारीे गराएपछि तुरुन्त उद्धार गरी उपचार थालिएको विष्टले जानकारी दिनुभयो ।
औषधि प्रयोग गरेको पशुको सिनो खाएपछि गिद्ध बिरामी भएको हुनसक्ने आशङ्का गरिएको छ । आधा मिटर अग्लो गिद्ध अहिले सन्चो हुँदै गएको र निको हुने बित्तिकै छाडिने विष्टले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline