काठमाडौ १८ पौष ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले भोली बस्ने संसद बैठक अघि मुख्य तीन दल र मधेसी मोर्चाबीच सहमति हुने बताउनु भएको छ ।
एक नम्बर प्रदेश समितिको बैठकको सिलसिलामा आज बिहान बिराटनगर पुग्नु भएका अध्यक्ष दाहालले आज एमाले र मधेसी मोर्चाको छलफल हुने र भोलीको संसद बैठक अघिसम्ममा एउटा टुंगोमा पुगिने बताउनु भयो ।
उहाले संशोधन प्रस्तावमा सत्तारुढ एमाले, एमाओवादी र प्रतिपक्षी दल काँग्रेसबीच समझदारी बन्दै गएको बताउनु भएको छ ।
संवाद र सहमति कायम गर्न आफूले निरन्तर लागिरहेको दाहालको भनाई छ । पार्टीको एक नं. प्रदेश समितिको बैठक आजबाट इटहरीमा बस्दैछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline