छड्के जाँचमा मापसे गर्ने ३२ चालक प्रहरीको नियन्त्रणमा

छड्के जाँचमा मापसे गर्ने ३२ चालक प्रहरीको नियन्त्रणमा

  • शनिबार, पुस १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

रत्ननगर (चितवन), १८ पुस ।

प्रहरीले मापसे गरेर सवारी चलाउँदै गरेका ३२ चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मापसेविरुद्ध छुट्टाछुट्टै स्थानमा गरिएको जाँच अभियानका क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

गएको २४ घन्टाको अवधिमा ट्राफिक प्रहरीले १६ जना र जिल्ला प्रहरी कार्यालय चितवनले १६ जना मापसे गरेर सवारी चलाउने चालकलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकालाई आवश्यक कारबाहीसहित जरिवाना लिएर छाडिने प्रहरीले जनाएको छ । मापसे गर्नेमा सरकारी अधिकारीदेखि एम्बुलेन्स चालक तथा प्रतिष्ठित व्यक्तिसमेत पर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै ट्राफिक प्रहरीले गएराति गरेको सवारी जाँचका क्रममा नियम उल्लङ्घन गरेर हिँड्ने १६२ चालकलाई कारबाही गरेको छ । कारबाहीमा उनीहरुबाट रु एक लाख तीन हजार राजस्व सङ्कलन भएको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नियम उल्लङ्घन गर्नेमा बढी मोटरसाइकल र दोस्रोमा ट्रकले रहेको पाइएको छ । मोटरसाइकलमा हेलमेट नलगाउने, लाइसेन्स तथा ब्लूबुक नबोक्ने, तीन जना चढेर हिँड्ने गरेको छ भने ट्रक ओभरलोड बोक्ने तथा नियम विपरीत चलाउने गरेको पाइएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ