काठमाण्डौ,१७ पौष ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई १ बर्षभित्रमा लोडसेडिङ मुक्त गर्ने पुनह दोहाउनु भएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा राजधानीमा आजदेखी सुरु भएको नविकरणीय उर्जा प्रदर्शनीको उदघाटन कार्यक्रममा बोल्दै प्रम ओलीले कछुवाको गतीमा बढेको नेपालको जलबिद्युत बिस्तार कार्यलाई बिभिन्न बैकल्पीक उपाय अपनाएर १ बर्ष भित्रमा लोडसेडिङ मुक्त गर्ने दाबी गर्नुभयो ।
उहाले ८३ हजार मेगावाट जलबिद्युत क्षमता भएको नेपालमा १ सय ५ बर्षको अबधिमा ८ सय मेगावाट मात्र बिद्युत उत्पादन हुनु दुरभाग्य भएको बताउनु भयो । नेपाल बाताबरण अनुकुल मैत्री रहेको भन्दै बिकाशमा अघि बढ्न सबैले हातेमालो गर्न आबश्यक रहेकोमा उहाले जोड दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले जनताको चाहाना अनुसार लोकतान्त्रिक संबिधान जारी भएको भन्दै नेपाल बिकाशको एक चरणमा अघि प्रबेश गरेको बताउनु भयो । संबिधानमा सबैका अधिकार सुनिश्चित रहेको दाबी गर्दै ओलीले तराईका जिल्लामा संबिधानबारे भ्रम छरीएको आरोप पनि लगाउनु भएको छ ।
संबिधानमा पछाडी परेका बर्गलाई बिशेष अधिकार दिइएको उहाको भनाई छ । उर्जा सुरक्षाकालागि नवीकरणीय उर्जा भन्ने मूल नाराकासाथ सुरु हुन भएको प्रदर्शनी आगामी आईतवारसम्म चल्ने छ ।
प्रदर्शनीमा विभिन्न निजी कम्पनीले उत्पादन गरेका सोलार प्यानल, सुधारिएको चुल्हो, वायोग्यास, लघुजलविद्यु, वायु उर्जालगायत प्रविधिका सामाग्रीका झण्डै १ सय ५० स्टल राखिएका छन् । केन्द्रले राजधानीका १ लाख घरधुरीमा यो वर्ष सोलार जडान गर्ने लक्ष्य राखेको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले जानकारी दिनुभयो ।