काठमाडौ, १७ पौष ।
नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीको १३ औं महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने सोच बनाएको उद्घोष गर्नुभएको छ ।
नेपाल प्रेस युनियनले आज बाँकेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँल पार्टीका कार्यकर्ता तथा शुभचिन्तकसँग थप छलफल गरी केही दिनमै अन्तिम निर्णय सार्वजनिक गर्ने बताउनु भयो ।
आफ्नो दल अहिले अत्यन्त कमजोर भएको जिकिर गर्दै नेत्री कोइरालाले १३ औं महाधिवेशनवाट नयाँ सोच र विचारबाट पार्टीलाई सुदृढ बनाउने धारणा राख्नुभयो ।
कांग्रेसका नेताहरुको झुठो बोलीले पार्टीलाई कमजोर बनाएको बताउनु हुदै उहाँले अब पार्टीलाई नेताले नभइ कार्यकर्ताले बचाउनु पर्ने बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline