समझदारीबाट मात्र संविधान कार्यान्वयनमा आउन सक्ने

समझदारीबाट मात्र संविधान कार्यान्वयनमा आउन सक्ने

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेपालगन्ज, १६ पुस ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिक दलबीचको राष्ट्रिय समझदारीले मात्र संविधान कार्यान्वयन हुनसक्ने धारणा व्यक्त गर्नुभएको छ ।

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “संविधानले सबै नेपालीको अधिकारलाई समान रुपमा सम्बोधन गरेको छ, भ्रम छरेर जनतालाई भड्काउने खेलमा कुनै दल लाग्नु त्यो राजनीतिक बेइमानी हो ।”

नेपाली काँग्रेस प्रतिपक्षमा रहे पनि राष्ट्रिय एकता निर्माण गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै महामन्त्री सिटौलाले सानो चित्त, पार्टीको साँघुरो घेरामा उभिएर राजनीतिक एकता हुन सक्दैन भन्नुभयो ।

मधेस आन्दोलन छिट्टै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आन्दोलनले उठान गरेका मागलाई राजनीतिक ढङ्गबाट नै सम्बोधन गर्न जरुरी छ भन्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ