ओली सरकार कुम्भकर्ण : प्रकाण्ड

ओली सरकार कुम्भकर्ण : प्रकाण्ड

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 15.5K
    SHARES

काठमाण्डौ,१६ पौष ।

नेकपा माओबादीका प्रबक्ता खड्कबहादुर बिश्वकर्मा प्रकाण्डले केपी ओली नेतृत्वको सरकार कुम्भकर्ण भएको आरोप लगाउनु भएको छ ।

दलित मुक्ति मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको एकिकृत जनक्रान्ति र दलित मुक्तिको प्रश्न बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रबक्ता प्रकाण्डले ओली नेतृत्वको सरकारसंग मानविय संबेदना नभएका कारण कुम्भकर्ण भएको आरोप लगाउनु भयो ।

उहाले भुकम्प पिडितहरु चिसोले कठ्याङगिएर मरीरहेका बेला ,३ महिनादेखी जारी आन्दोलन र नाकाबन्दीले जनताले चरम अभाब खेपिरहेका बेला सरकार मुखदर्शक बनीरहेको बताउनु भयो । प्रकाण्डले नाकाबन्दीका कारण देशमा राष्ट्रिय उद्योगि ब्यबसायी धरासायी भइरहेका बेला राज्यको पुजिलाई प्रयोग गरी दलालहरु रातरात करोडपति भएको बताउनु भयो ।

राजनितीकका नाममा दलाल गरीरहेकाहरुले देशमा भएका उद्योगहरुलाई बेचेर नै नेपाली युबाहरुलाई बिदेश जान बाध्य पारेको बताउनु भयो । उहाले अहिले सत्तामा रहेका दलहरु नेपाली जनता र राष्ट्रको बिकाशका लागि भन्दा पनि आफनो पुजि बढाउनका लागि अग्रसर रहेको दाबी गर्नुभएको छ ।

असोज ३ गते जारी भएको संबिधान भन्दा पनि २०६३ सालमा जारी गरीएको अन्तरीम संबिधानले नै गरीब,उत्पीडित र उत्पीडनमा परेका बर्गहरुको अधिकार सुरक्षीत गरेको प्रबक्ता प्रकाण्डको भनाई छ ।

नेपालका हरेक क्षेत्रमा हाबी रहेको दलादप्रबृतिलाई हटाउन एकिकृत क्रान्ति आबश्यक रहेकोमा जोड दिदै उहाले जनबादी क्रान्ति अघि सार्नु नै बिगतको क्रान्तिको रक्षा गर्नु रहेको बताउनु भयो ।

दलितका अधिकार स्थापित गर्न दलित आन्दोलनलाई राजनितिक आन्दोलन बनाउन आवश्यक रहेकोमा उहाले जोड दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ