राष्ट्रियताको बिषयमा कसैसंग कुनै सम्झौता हुदैन : महामन्त्री सिह

राष्ट्रियताको बिषयमा कसैसंग कुनै सम्झौता हुदैन : महामन्त्री सिह

  • बिहिबार, पुस १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १६ पौष ।

नेपाली कांग्रेसका महामन्त्री प्रकाश मान सिहले राष्ट्रियताको बिषयमा कसैसंग पनि कुनै सम्झौता नहुने बताउनु भएको छ ।

राष्ट्रिय मेलमिलाप दिबसको अबसरमा आज चितवनमा आयोजित कायक्रम लाई सम्बोधन गर्नु हुँदै महामन्त्री सिंहले अहिले मुलुक संकटपुर्ण अवस्थामा रहेकाले राष्ट्रियताको पक्ष्मा एकजुट भएर अगि बढ्न सबै लाई अपिल समेत गर्नु भयो ।

महामन्त्री सिहले हाल मधेसी मार्चाले उठाएका जायज माग पूरा गर्न आफुहरु तयार रहेको पनि बताउनु भएको छ ।

तराईका जनताले उठायका अधिकार प्राप्तिको मुद्दा कुनै दल बिसेसको मात्र नभई समग्र राष्ट्रको नै माग रहेको भन्दै निश्चित समयसिमा भित्र सिमाङकन लगायतका माग पूरा गर्ने गरि मधेसबादी दलहरुसंग सहमति हुन लागेको समेत उहाँको भनाई छ ।

मेलमिलाप दिवसको अबसरमा आजै महामन्त्री सिहले नेबि संघ चितवनको आयोजनामा भरतपुर अस्पतालमा रहेका बिरामि हरुलाई फलफूल समेत बितरण गरनु भएको छ भने आजै चितन कांग्रेसले निर्माण गरेको बिपि र गणेशमान सिह को अर्धकतको सालिकको अनावरण गरि दिउँसो राजधानि फर्कनु हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ