पूर्वप्रधानमन्त्री कोइरालालाई साइकल

पूर्वप्रधानमन्त्री कोइरालालाई साइकल

  • बुधबार, पुस १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १५ पुस । ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत आज पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल प्रदान गरिएको छ ।

कोइराला निवास महाराजगञ्जमा आज जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाउनु भएको थियो ।

‘थोपा थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दैआएको छ । यसअघि हिजो प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ