किसान कम मूल्यमै उखु बेच्न बाध्य

किसान कम मूल्यमै उखु बेच्न बाध्य

  • बुधबार, पुस १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बर्दिवास, १५ पुस । चिनी कारखाना सञ्चालनमा आउने छाँट नदेखिएपछि महोत्तरीका उखु किसान कम मूल्यमा आफ्नो उखु बेच्न बाध्य भएका छन् ।

जिल्लाको रामनगरस्थित एभरेष्ट चिनी उद्योग पछिल्लो मधेस केन्द्रित दलको आन्दोलनले सञ्चालनमा आउन नसकेपछि किसान सख्खर बनाउने व्यापारीलाई सस्तो मूल्यमा उखु बेच्न बाध्य भएका हुन् ।

उखु खेतमा सुक्न लागेको र उद्योग सञ्चालनको टुङ्गो नभएपछि व्यापारीले मागेकै दरमा उखु दिनुपरेको किसानको भनाइ छ । उद्योगले (२०७० सालमा प्रतिक्विन्टल रु ४८१ मा उखु लिएको भए पनि हालसम्म किसानले उक्त रकम पाउन सकेका छैनन् ।

भङ्गाहा–४ का किसान अशोककुमार महता सख्खर बनाउने व्यापारीलाई प्रतिक्विन्टल रु ३०० मा उखु बिक्री गर्नु परेको बताउनुहुन्छ । “सबै उखु बिक्री हुने छाँट छैन” उहाँले भन्नुभयो । खुट्टी उखु (दोस्रो वर्षको उत्पादन) काटेर चाँडै अर्को खेती लाउनुपर्ने चटारोले अहिले किसानलाई पिरोलेको छ । खेत बाँझो रहने चिन्ता बढेको छ ।

जिल्लामा ‘खुट्टी र मुडन’ (पहिलो वर्षको उत्पादन लिइने उखु )समेत गरी २६ हजार हेक्टरमा उखुबाली रहेको छ । उखु काटेर सडकमै फाल्ने अवस्था आएको उखु उत्पादक महासङ्घका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहा बताउनुहुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी