‘तरकारीमा विषादी हाल्दैनौं ’

‘तरकारीमा विषादी हाल्दैनौं ’

  • बुधबार, पुस १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

भक्तपुर, १५ पुस । जिल्लाका किसानले अव तरकारी र खाद्यान्नबालीमा विषादीको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयले एक सातासम्म मनाएको ‘विषादी प्रयोग मुक्त सप्ताह’ मा सहभागी कृषकले यस्तो प्रतिबद्धता गरेका हुन् ।

जिल्लाका ६ वटै नगरपालिकाका विभिन्न क्षेत्रबाट सप्ताह मनाउन भक्तपुर दरबार क्षेत्रमा आएका महिला किसानले बाली धेरै फलाउने लोभमा विषादीको प्रयोग गर्दा आफैलाई रोग निम्त्याउने थाहा पाएपछि विषादीको प्रयोग नगर्ने बताएका हुन् ।

जिल्लामा उत्पादन हुने हरियो तरकारी, गोलभँेडा, आलु र नगदेबालीमा बढी मात्रामा विषादीको प्रयोग हुने गरेपनि विषादीलाई निरुत्साहित पार्न किसान अग्रसर हुने भएका छन् । नगरकोट नगरपालिका बागेश्वरीकी रमा खड्काले विषादी हाल्दा तरकारी खानेलाई मात्रै होइन हाल्नेलाई समेत रोग लाग्ने थाहा पाएको बताउनुभयो । “अव यस्तो विषादी हाल्दैनाँै” उहाँले भन्नुभयो ।

खाद्यान्न बालीमा विषादीको प्रयोगले खानेलाई मात्रै नभई हाल्नेलाई समेत छालाको रोग, क्यान्सर, दम, टाउँको दुख्ने, जीउँ चिलाउनेलगायतका विभिन्न रोग लाग्नेबारे किसानलाई जानकारी गराइएको थियो । सूर्यबिनायक नगरपालिका चित्तपोलकी शर्मिला श्रेष्ठले तरकारीको उत्पादन बढाउन, रोग लाग्न नदिन विषादीको प्रयोग गर्ने गरेको बताउँदै यसले घर वरिपरिको वातावरण, बालबच्चा र परिवारको स्वास्थ्य मै असर गर्ने थाहा पाएको बताउँदै अव यसलाई निरुत्साहित गर्ने काम सुरु गर्ने बताउनुभयो ।

विषादीको प्रयोगले दुईवर्ष उत्पादन बढेपछि तीनचार वर्षपछि उत्पादन घट्ने, माटो बिग्रने समस्या आउने गरेको किसानको भनाइ छ । दरबार क्षेत्रमा भेला भएका किसानले विषादीको प्रयोगविरुद्ध नारा लगाउँदै गाउँगाउँबाट विषादी हटाउने र अर्र्गानिक कृषि प्रवद्र्धनमा टेवा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कृषि विकास कार्यालयकी प्रमुख पूर्णा ढुङ्गानाले साताव्यापी कार्यक्रममा किसानलाई कृषिबालीमा लाग्ने रोग र त्यसबाट बच्ने तथा बाली संरक्षणका बारेमा जनचेतना अभिवृद्धि गर्नेबारेमा जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी