आज तमु ल्होसार, गुरुङ समुदायले धुमधामका साथ मनाउदै

आज तमु ल्होसार, गुरुङ समुदायले धुमधामका साथ मनाउदै

  • बुधबार, पुस १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौ १५ पौष ।  

गुरुङ समुदायको महान पर्व तमु ल्होसार आज धुमधामका साथ मनाउदै छन् । गुरुङ समुदायले प्रत्येक वर्ष पौष १५ गने नयाँ वर्षका रुपमा तमु ल्होसार मनाउने गरिन्छ । ‘ल्हो’ भन्नाले वर्ष तथा ‘सार’ भन्नाले ‘नया’ भन्ने बुझाउँछ ।

एउटा वर्षलाई बिदा गरी अर्को वर्षलाई स्वागत गर्दै हेसार मनाउने गरिन्छ । १२ ओटा वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर , बँदेलको प्रतिकका रुपमा लिइन्छ । यस वर्ष भेडा वर्षलाई बिदा गरी बाँदर वर्षलाई स्वागत गरिदैछ ।

नेपालमा ल्होसार पर्व तामाङ, सेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, भोटे, दुरा र लेप्चा लगायतका जातिले मनाउने गरिन्छ । ल्होसारका अवसरमा आफ्ना मान्यजनबाट आशीर्वाद लिने र शुभकामना आदानप्रदान गरिन्छ ।

साथै सेलरोटी, विभिन्न मौलिक परिकार बनाएर खाने तथा आफ्नै भेषभूषामा सजिएर एक ठाउँमा जम्मा भइ नाचगान गरि रमाइलो गर्ने परम्परा छ । ल्होसारको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ