काठमाण्डौ,१४ पौष ।
नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीचको एकता अपरिहार्य भएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधान जारी गर्दासम्म एक जुट बनेका दल जारी पछिको समयमा एक बन्न नसकेकै कारण देशमा विद्यमान संकट आएको बताउनु भयो ।
देशको जारी समस्या एवम् मित्रराष्ट्र भारतसँगको चिसिएको सम्बन्धलाई सुदृढ बनाउन पनि नेपालका राजनीतिक दल एक ठाउँमा बस्नु अपरिहार्य भएको नेता खड्काको भनाइ छ ।
वर्तमान सरकारले संविधानमा उल्लिखित २५ जनाको मन्त्रिमण्डल हुने कुरालाई तोडेर ४० पु¥याएको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका लागि बनेको सरकारले संविधान मिचेर गलत काम गरेको आरोप लगाउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline