१३ औं महाधिवेशनबाट आफू सभापति बन्ने पौडेलको दाबी

१३ औं महाधिवेशनबाट आफू सभापति बन्ने पौडेलको दाबी

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ १४ पौष ।  

नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले १३ औं महाधिवेशनबाट आफू पार्टी सभापति बन्ने वातावरण सिर्जना भएको दाबी गर्नुभएको छ ।

प्रेस युनियन गुल्मीले आज सदरमुकाम तम्घासमा आयोजना पत्रकार भेटघाटमा पौडेलले नेपाली कांग्रेस अब पुरानो ढर्राबाट चल्न नसक्ने भएकाले हालका सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवालाई कार्यकर्ताले आराम दिने पौडेलले बताउनु भयो ।

आगामी महाधिवेशनमा आफूले कुनैपनि हालतमा सभापतिमा उम्मेदवारी दिने पौडेलको भनाई छ । अहिलेको परिस्थितिमा राजनितिक पार्टीहरुबीच प्रतिस्पर्धा भइरहेकाले अब कोइराला र देउवाले चलाउन नसकिने पौडेलले बताउनु भयो ।

एक फरक प्रसंगमा उनले अब मधेस आन्दोलन रोकिने धारणा राख्नुभयो । मधेसी दलहरुले पहिला ठूला ठूला मागहरु राखेको तर ति पूरा हुन नसक्ने भएपछि अहिले सहमति गर्न डराएको समेत उहाको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ