परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदै

परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदै

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १४ पौष ।

चीनको ५ दिने औपचारिक भ्रमण पुरा गरि उपप्रधान एवः परराष्ट्रमन्त्री कमल थापा आज स्वदेश फर्किदै हुनुहुन्छ ।

थाइ एरलाइन्सको विमानबाट हङकङ हुदै मन्त्री थापा विहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आईपुग्ने परराष्ट्र स्रोतले जनाएको छ ।

चीन भ्रमणका क्रममा परराष्ट मन्त्री थापाले उच्च स्थरीय भेटवार्ता गर्नुका साथै नेपाल चीनबीच पेट्रोल र ग्यासको व्यपारलाई दिर्घकालीन प्रोत्साहन गर्ने लगाएतका विषयमा छलफल गर्नुभएको थियो ।

भ्रमणका क्रममा मन्त्री थापाले चीनीया उपराष्ट्रपति ली युआन चाओ, र विदेशमन्त्री लगाएतसंग द्धिपक्षीय सहिकार्यका बारेमा छलफल गर्नुभएको थियो ।

परराष्ट्रमन्त्रीको चीन भ्रमण प्रधानमन्त्री ओलीको आगामी भ्रमणको तयारी स्वरुप पनि हेरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ