संसदमा आजपनि संशोधन विधेयकमाथि छलफल हुदै

संसदमा आजपनि संशोधन विधेयकमाथि छलफल हुदै

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ १४ पौष । व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ ।

नयाँ बानेश्वर स्थित संसद भवनमा बस्ने बैठकमा आजपनि संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बाटै विधेयमाथि छलफल गर्ने भनिएपनि आवश्यक गणपुरक नपुगेपछि हिजोबाट मात्र छलफल सुरु भएको हो । मधेश केन्द्रित दलका सांसदको अवरोधका बाबजुद संसदमा पेश भएको विधेयकमाथि आजपनि धारणा राख्नेक्रम जारी रहने सचवालयले जनाएको छ ।

सैद्धान्तिक छलफल सकिएपछि विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सांसदहरुलाई ७२ घण्टाको समय उपलब्ध गराइनेछ । यसअवाधिमा मोर्चाको माग सम्बोधनका सम्बन्धमा दलहरुले सहमति जुटाएमा जारी राजनितिक गतिरोध हल हुने सम्भावना छ ।

उता संविधान संशोधनको माध्यमबाट आन्दोलनरत मधेशी मोर्चाको माग सम्बोधन गर्न संशोधन विधेयक अघि बढाएको भएपनि विधेयकले आफूहरुको माग सम्बोधन गर्न नसकिने भन्दै मोर्चा आवद्ध दलहरुले विरोध जनाउदै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ