प्राधिकरणका ५३० ट्रान्सफर्मर जले

प्राधिकरणका ५३० ट्रान्सफर्मर जले

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं, १४ पुस  ।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले  दिनुभएको छ ।

ऊर्जामन्त्रीमा नियुक्त भएको साढे दुई महिनापछि सोमबार प्राधिकरण पुगेर रायमाझीले जलविद्युत् क्षेत्रका विकासका लागि प्राधिकरणले केके गर्नुपर्ने हो, ठोस कार्ययोजना बनाएर ल्याउन आग्रह गर्दै भन्नुभय ‘ऊर्जा सङ्कट समाधान गर्न के के गर्नुपर्छ, गर्नुस् ।’

नदीमा जलप्रवाह घटेका कारण दैनिक ११ घन्टाभन्दा बढी विद्युत्भार कटौती भएको र भारतको अघोषित नाकाबन्दीपछि सबैभन्दा बढी भार विद्युत्मा नै परेकाले समस्या उत्पन्न भइरहेका अवस्थामा सबैसँग मिलेर काम गरिने ऊर्जा मन्त्रीको भनाई थियो ।

गएको भदौ १० गतेदेखि प्राधिकरणको बोर्ड बैठक बस्न नसकेको, कार्यकारी प्रमुखको विवादका कारण दैनिक कामकाजमा समस्या उत्पन्न भएको र विद्युत् खरिद सम्झौता रोकिएको छ ।

प्राधिकरण सञ्चालक समितिको सदस्यको विवाद पनि कायमै रहँदा थप समस्या भइरहेका अवस्थामा ऊर्जामन्त्री रायमाझीले सबै समस्या समाधान गरेर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी प्रमुख मुकेशराज काफ्लेले प्राधिकरणको समग्र कार्ययोजनाका बारेमा जानकारी गराउनुभयो ।

प्राधिकरणका कर्मचारी सङ्घसङ्गठनका प्रमुखले पछिल्ला दिनमा प्राधिकरणका ५ सय ३० ट्रान्सफर्मर जलेको र विद्युत् प्रणालीमा नै समस्या भएको अवस्थामा मर्मतसम्भारमा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताएका थिए । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ