पत्रकार झालाई आर्थिक सहयोग

पत्रकार झालाई आर्थिक सहयोग

  • मङ्लबार, पुस १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

मोरङ, १४ पुस ।

समाचार सङ्कलनका क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार अवधेशकुमार झालाई इन्सेक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक सहयोग गरेको छ ।

पाँच दिनअघि विराटनगरको महावीर चौकमा मधेसी मोर्चाको जुलुसको समाचार सङ्कलन गर्ने क्रममा प्रहरीको कुटाइबाट घाइते भएका पत्रकार झालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरले रु १५ हजार आर्थिक सहयोग गरेको हो ।

इन्सेकले स्थापना गरेको पत्रकार सुरक्षा कोषबाट कान्तिपुरकर्मी झालाई उपचार खर्चबापत आर्थिक सहायता प्रदान गरिएको इन्सेकका पूर्वाञ्चल संयोजक सोमराज थापाले जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष महेन्द्र विष्ट, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लीलावल्लभ घिमिरे र मानव अधिकारकर्मी दिपेन न्यौपानेसहितको टोलीले घरमै स्वास्थ्यलाभ गरिरहेका पत्रकार झाको अवस्थाबारे सोमबार जानकारी लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ