दमक, १३ पुस ।
झापाको गौरादह जेसीजका संस्थापक अध्यक्ष विजय सिटौला नेपाल जेसीजको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
नेपाल जेसीजको महेन्द्रनगरमा आज सम्पन्न ४२औँ राष्ट्रिय महाधिवेशनको निर्वाचनबाट अत्यधिक मतले उहाँ उपाध्यक्षमा पदमा निर्वाचित हुनुभएको हो । उहाँ गौरादह जेसीजको वर्ष २०११ का संस्थापक अध्यक्ष हुनुहुन्छ ।
सिटौलाले गौरादह जेसीजको प्रतिनिधित्व गर्दै नेपाल जेसीजमा दश उपाध्यक्षमध्ये सर्वाधिक मत ल्याएर निर्वाचित हुनुभएको हो । विद्युतीय मेसिनबाट भएको उक्त निर्वाचनमा झापाबाट अन्य दुई जनाले पराजय खेप्नुपरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline