संसदमा मोर्चाको अवरोधका वीच संविधान संसोधन विधेयकमाथि छलफल शुरु

संसदमा मोर्चाको अवरोधका वीच संविधान संसोधन विधेयकमाथि छलफल शुरु

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,१३ पौष ।

व्यवस्थापिका संसदमा मधेसी मोर्चाको अवरोधका वीच पनि संविधान संशोधन विधेयकमाथि सैद्धान्तिक छलफल शुरु भएको छ ।

बैठकमा सो विधेयकमाथि धारणा राख्दै नेकपा एमालेका केशव बडालले विधेयकमा समावेश भएका सबै कुरा संविधानमै समेटिएको भन्दै यसले खासै अर्थ नराखेको बताउनुभयो ।

यद्यपी सो विधेयक दलहरुको सहमतिमा आएकाले यसलाई पारित गर्न सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । एकीकृत माओवादीका गौरीशंकर चौधरीले हाल देखिएको सिमांकनको विवादलाई पनि सम्बोधन गरेर एकीकृत विधेयक पेश गर्नुपर्ने बताउनुभयो ।

सिमांकन निर्धारण गर्दा जनसंख्या र भुगोल दुवैलाई प्राथमिकतामा राख्नुपर्ने भन्दै उहाँले कुनै एउटालाई मात्रै आधार बनाए समस्या उत्पन्न हुने उल्लेख गर्नुभयो । त्यसअघि बैठकले एसियाली पूर्वाधार लगानी बैंक स्थापना सम्बन्धि विधान सम्झौता अनुमोदन गरेको छ ।

त्यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक सर्वसम्मतीले पारित भएको छ । बैठकमा शिक्षा ऐन आठौं संसोधन विधेयकमाथि पनि छलफल भएको थियो । बैठक भोली दिउसो १ बजेसम्मका लागि स्थगित भएको संसद सचिबालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ