काठमाडौँ, १३ पौष ।
वन तथा भू–संरक्षण मन्त्रालयले आर्थिक वर्ष २०७२÷७३ मा सञ्चालित कार्यक्रमको प्रथम चौमासिक प्रगतिको प्रस्तुत गरेको छ ।
वातावरण संरक्षण समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरले प्रथम चौमासिकको प्रगतिबारे समितिलाई जानकारी गराउनुभएको थियो ।
प्रगतिमा प्राथमिकता विश्व बैँकको सहयोगमा सञ्चालित ‘रेड फरेष्ट्री’ तथा जलवायु परिवर्तन कार्यक्रममा उल्लेख्य प्रगति भएको र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिमा कम प्रगति भएको जनाएको छ ।
जसमध्ये रेड फरेष्ट्री तथा जलवायु परिवर्तनअन्तर्गत ९३ प्रतिशत र राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिअन्तर्गत १५ प्रतिशत प्रगति भएको उल्लेख गरिएको छ ।
मन्त्रालयले सामुदायिक तथा कबुलियती वन विकास कार्यक्रम, वन्यजन्तु अपराध नियन्त्रणका लागि दक्षिण एसियाली कार्यक्रम, राष्ट्रिय निकुञ्ज आयोजना, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरण कार्यक्रम, जडीबुटी वन कार्यक्रम लगायतका १५ कार्यक्रम सञ्चालनमा ल्याएको छ ।