माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने ठाकुरको भनाई

माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने ठाकुरको भनाई

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, १३ पुस ।

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई–मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताउनुभएको छ ।

पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उहाँले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउनुभयो ।

औपचारिक रुपमा सरकारले तीनबँदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उहाँले काँग्रेस, एमाले, एमाओबादीसँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताउनुभयो ।

उहाँले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ