हिंसात्मक आन्दोलनको अर्थ छैन : उप्र केसी

हिंसात्मक आन्दोलनको अर्थ छैन : उप्र केसी

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाण्डौ,१३ पौष ।

उपप्रधान एवम् सहकारी तथा गरिबी निवारण चित्रबहादुर केसीले नयाँ संविधानमा सबै समुदायका हक र अधिकार सुनिश्चित भएको बताउनु भएको छ ।

‘नेपालको संविधान जनताको संविधान–जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानअन्र्तगत आज म्याग्दीको बेनीमा आयोजित कार्यक्रममा उहाँले महिला, दलित, मधेसी, जनजाति र पिछडिएका समुदायका अधिकार नयाँ संविधानमा सुनिश्चित भएकाले नयाँ संविधान उत्कृष्ट रहेको बताउनुभयो ।

उहाले संविधानमा भएका विमतिलाई जनमत तयार गरी संशोधनमार्फत अगाडि बढ्नुपर्ने बताउँदै मधेसमा जारी आन्दोलनको संवैधानिक र राजनीतिकरुपमा समाधान खोजिनुपर्ने बताउनुभयो ।

माग सम्बोधनको बाहनामा देश नै ठप्प हुने गरी सीमानाका अवरोध गर्नु र हिंसात्मक आन्दोलन गर्नुको कुनै अर्थ नरहेको उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ