नेपाली उत्पादनलाई भन्सार छुट दिने अमेरिकाको निर्णय स्वागतयोग्य : प्रधानमन्त्री

नेपाली उत्पादनलाई भन्सार छुट दिने अमेरिकाको निर्णय स्वागतयोग्य : प्रधानमन्त्री

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडाँै, १३ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा उत्पादित कपडा निर्यातमा लाग्ने भन्सार छुट दिने अमेरिकी सरकारको निर्णयको स्वागत गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सका प्रमण्डलसँग आज भएको भेटमा उहाँले अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनको माग बढेकाले व्यवसायीलाई कपडा र तयारी पोसाकको उत्पादन बढाउन आग्रह गर्नुभयो ।

लामो समयदेखि तराईमा भएको आन्दोलनका कारण बन्द उद्योग खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “लामो समयदेखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउँछ ।” उहाँले बन्द खुलाउन उद्योगी व्यवसायीले दृढतापूर्वक सरकारलाई साथ दिनुपर्ने बताउनुभयो ।

आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार प्रधानमन्त्री ओलीले भन्नुभयो, “कपास रोप्नेदेखि गलैँचा बुन्नेसम्मका काम स्वदेशमै भए भने कृषि र उद्योग एकीकृतरुपमा अगाडि बढ्छ । जब कच्चा पदार्थ आफैँसँग हुन्छ, त्यस्ता उद्योगले लामो समयसम्म उत्पादन दिन पनि सक्छन्, त्यहीँबाट सुरु हुन्छ आत्मनिर्भरता ।”

भेटमा महासङ्घका अध्यक्ष पशुपति मुरारका, परिसङ्घका अध्यक्ष नरेन्द्र बस्नेत, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासङ्घका पूर्व अध्यक्ष सुरज वैद्यलगायतको सहभागिता थियो ।

उहाँहरुले लामो समयको बन्दबाट उद्योग व्यवसाय चौपट भएकाले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गर्नुभएको थियो । व्यवसायीले धरान–उदयपुर–सिन्धुली सडक पुनःनिर्माण गरेर वैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधनमन्त्रीसँग माग गरेको प्रेस सल्लाहकार दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ