काठमाण्डौ,१३ पौष ।
इलामको गोदकस्थित घट्टा भन्ने स्थानमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानवाट पाँचथरतर्फ जादै गरेको मे १ च १७४७ नम्बरको एम्बुलेन्स विहान दुर्घटना भएको हो । दुर्घटनामा अन्य दुई जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा पाँचथरका रेणुका अधिकारी, आनन्द अधिकारी र नरिमाया चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाईते चालक गेहेन्द्र प्रसाई र टिकाराम अधिकारीको झापामा उपचार भइरहेको छ ।
गोदकस्थित ओरालो स्थानमा रहेको घुम्तीवाट एम्बुलेन्स करिव दुई सय मिटर तल खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline