मोर्चाका मागबारे साझा धारणा बनाउन प्रमुख तीन दल सहमत

मोर्चाका मागबारे साझा धारणा बनाउन प्रमुख तीन दल सहमत

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं,१३ पौष ।

आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन प्रमुख तीन दल सहमत भएका छन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको प्रमुख तिन दल कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको बैठकले मधेसी मोर्चाले उठाएका मागका विषयमा साझा धारणा बनाउने निर्णय गरेको हो ।

प्रमुख दलका शिर्षस्थ नेताले अन्य दलहरुसँग पनि छलफल गरी तत्काल साझा धारणा बनाउने र सोही धारणालाई लिएर मधेसी मोर्चासँगको बार्ताको समय तय गर्ने निर्णय गरेका छन ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता सहभागी हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ