लमजुङमा चौथो अलैँची महोत्सव सम्पन्न

लमजुङमा चौथो अलैँची महोत्सव सम्पन्न

  • सोमवार, पुस १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

लमजुङ, १३ पुस ।

पछिल्लो समय अलैँचीखेतीले ख्याती कमाएको जिल्लाका किसानले चौथो अलैँची महोत्सव मनाएका छन् ।

चार वर्षदेखि मनाइँदै आएको महोत्सव यसवर्ष भुलभुले गाविस–९ तारचोकमा आयोजना गरिएको हो । अलैँची खेतीको महत्व, सम्भावना र फाइदाकाबारेमा जानकारी गराउँदै जिल्लालाई अलैँची पकेटक्षेत्रको रुपमा परिचित गराउन महोत्सव आयोजना गरिएको जिल्ला कृषि विकास कार्यालय लमजुङले बताएको छ ।

पछिल्लो समय लमजुङका किसान अलैँची खेतीतर्फ आकर्षित भएका छन् । कोदो र मकै लगाउँदा मुिस्कलले दुईदेखि तीन मुरी फल्ने बारीबाट वार्षिक रु आठ लाखदेखि रु नौ लाख कमाउन थालेपछि किसान खुसी भएका छन् ।

जिल्लामा अलैँची खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको र आगमी पाँच वर्षभित्र जिल्लालाई पश्चिमाञ्चल विकास क्षेत्रकै अलैँची नमुना जिल्ला बनाउने तयारीस्वरुप काम अघि बढाइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय, ‘वल्र्ड भिजन’ र आफ्नै पहलमा किसानले गाउँमा अलैँची सुकाउने आठवटा भट्टिसमेत राखेका छन् । जिल्लाको २२ गाविसमा अलंँैची खेती फस्टाउने भौगोलिक वातावरण छ भने ३१० हेक्टर क्षेत्रफलमा अलैँंची खेती हुँदै आएको छ । गतवर्ष रु ६ करोड ४० लाख बराबरको ३९ मेट्रिक टन अलैंँची निकासी भएको थियो भने यसवर्ष ६२ मेट्रिक टन निर्यात भएको छ ।

अलैँची बचेरै जिल्लाका किसानले यसवर्ष मात्रै रु १३ करोडभन्दा बढी कमाएका जिल्ला कृषि कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी