संविधान संशोधनले मधेसी मोर्चाको माग सम्बोधन गर्ने खड्काको दाबी

संविधान संशोधनले मधेसी मोर्चाको माग सम्बोधन गर्ने खड्काको दाबी

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाण्डौ,१२ पौष ।

नेपाली काँग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले मधेसी मोर्चाले उठाएका जायज माग तत्काल सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन बागलुङको १४औैँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले सीमाङ्कनलगायतका माग पूरा गर्नुपर्ने बताउनुभयो ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षी नेपाली काग्रेसबिच भएको तीनबुँदे सहमतिले मोर्चाको माग सम्बोधन हुने वातावरण बनेको उहाँको भनाइ छ । उहाँले संविधान संशोधन, प्राधिकरण विधेयक र सीमाङ्कन विवाद टुङ्गाउने विषयमा प्रमुख दलहरुले गरेको सहमतिले गतिरोध हट्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख दलबीचको एकतामा जोड दिँदै उहाँले संविधान कार्यान्वयनमा दलीय एकता नभए मुलुक दुर्घटनातिर जाने चेतावनी दिनुभयो । पूर्व गृहमन्त्री समेत रहनुभएका खड्काले भारतसँगको कूटनीतिक असफलताका कारण नेपालको समस्या लम्बिँदै गएको र भारतले पनि नेपालसँग भद्दा कूटनीति गरेको आरोप लगाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ