दुई वर्षमा एक नम्बरको पार्टी बनाउने प्रचण्डको उद्घोष

दुई वर्षमा एक नम्बरको पार्टी बनाउने प्रचण्डको उद्घोष

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ,१२ पौष ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको संविधान विश्वको उत्कृष्ट संविधानमध्ये एक रहेको दाबी गर्नुभएको छ ।

अखिल क्रान्तिकारी मोरङको १४औँ जिल्ला सम्मेलनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले मधेसी, थारुलगायत समुदायको जायज माग संविधानमा समावेश गर्न वार्ता जारी रहेको बताउनुभयो ।

संङ्घीय संविधान जारी भएपछि मुलुकमा सामन्तवादको अन्त्य भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सामन्तवादका अवशेषलाई समाप्त पार्न अग्रसर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले मुलुक अप्ठ्यारो अवस्थामा रहेको समयमा हजारौँ सहिद, बेपता र सहिद परिवारलाई सम्झेर तेस्रो पार्टी भए पनि नेतृत्वदायी भूमिका खेलेर संविधान जारी गरिएको बताउनुभयो ।

पार्टीलाई दुई वर्षको अवधिमा एक नम्बरको पार्टी बनाउने उद्घोष गर्दै अध्यक्ष दाहालले यसका लागि विद्यार्थीको पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । पार्टी पुनःनिर्माणका लागि आउँदो १५ गतेदेखि अभियान सुरु गर्ने उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ