काठमाण्डौ,१२ पौष ।
संसद्को वातावरण संरक्षण समितिले वातावरण मैत्री सवारी साधनको अधिकतम प्रयोगमा प्रोत्साहन सम्बन्धी कानूनी प्रक्रिया र नीतिगत व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले प्रतिबन्धात्मक व्यवस्थामा आवश्यक परिमार्जन गरी सरकारले अध्ययन गरिसकेको नीति कार्यान्वयन गर्न आवश्यक परिमार्जन गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिएको हो ।
नीति बमोजिम संस्थागत संरचनाहरु पूर्णरुपमा निर्माण नभएकाले तीन महिनाभित्र आवश्यक प्रक्रिया पूरा गरी गठन कार्य सम्पन्न गर्न पनि समितिले निर्देशन भनेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयले वातावरणमैत्री विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिने, विद्युतीय २ वा ४ पाङग्रे सवारी साधन आयात गर्ने एवम् स्वदेशमा उत्पादन गर्न प्रोत्साहन गरी आवश्यक रुट परमिटको व्यवस्था मिलाउन आग्रह गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।