काठमाण्डौ,१२ पौष ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताको प्रदर्शनका कारण जनकपुर तनाबग्रस्त बनेको छ ।
हिजो विराटनगरमा संदभावना अध्यक्ष राजेन्द्र महतो प्रहरीसंगको झडपमा घाइते भएपछि आक्रोशित बनेका कार्यकर्ताले घटनाको विरोध गर्दै जनकपुरमा प्रदर्शन गरेपछि अबस्था तनावग्रस्त बनेको होे ।
मोर्चाले महतो घटनालाई लिएर जनकपुरसहित तराइका बिभिन्न जिल्लामा प्रदर्शन तिब्र पारेको छ । यस्तै जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच राम चोक र जनक चोक आसपासका क्षेत्रमा झडप भएको छ ।
प्रदर्शनकारीले खानेपानी र पर्यटन रंगभूमिमा रहेको खानेपनी कार्यालय र पिडारी चोकमा रहेको पर्यटन कार्यालयमा तोडफोड गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline