प्रधानमन्त्रीसँग दाहाल र रायको भेटवार्ता

प्रधानमन्त्रीसँग दाहाल र रायको भेटवार्ता

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, १२ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र मधेसी जनाधिकार फोरम नेपाल (लोकतान्त्रिक) का वरिष्ठ उपाध्यक्ष रामेश्वर रायले आज प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच समसामयिक विषयमा छलफल भयो ।

प्रधानमन्त्रीाई एमाओवादीका अध्यक्ष दाहालले उच्चस्तरीय राजनीतिक समितिका संंयोजकका हैसियतले विभिन्न राजनीतिक दलसँग भएका छलफल, मधेस केन्द्रित दलले उठाएका मागका सम्बन्धमा नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग भएका वार्ताबारे जानकारी गराउनुभयो ।
यसैगरी, प्रधानमन्त्री र फोरम लोकतान्त्रिकका वरिष्ठ उपाध्यक्ष रायबीच मधेस केन्द्रित आन्दोलन र समस्या समाधानका सम्बन्धमा छलफल भयो । वरिष्ठ उपाध्यक्ष रायले तराई मधेसका अहिलेका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभयो । प्रधानमन्त्रीले समस्या समाधानका लागि आफु गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ