आगलागीबाट १२ लाखको क्षति

आगलागीबाट १२ लाखको क्षति

  • आइतवार, पुस १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

रौतहट, १२ पुस ।

स्थानीय जेठरहिया गाविस–७ मा गएराति भएको आगलागीमा परी करिब रु १२ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार जेठरहिया गाविस–७ बस्ने निर्गुन सहनीको ५० फिट लामो र २० फिट चौडा भएको फुसको घरमा राति ११ बजे आगलागी हुँदा छवटा बाख्रा जलेर मर्नुका साथै दुईवटा गोरुसमेत जलेर घाइते भएका छन् ।

आगलागीबाट १० मन चामल, लत्ताकपडा, गरगहना, फर्निचरसहितका सामग्री र घर पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो ।

आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । त्यस्तै सखुअवा धमौरा–५ बस्ने सत्यनारायण ठाकुरको तीन बिगाहा खेतको परालको थुप्रोमा आगो लागेर नष्ट भएको छ ।रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ