मधेसको समस्या छिटो समाधान गर्नुपर्छ : श्रेष्ठ

मधेसको समस्या छिटो समाधान गर्नुपर्छ : श्रेष्ठ

  • शनिबार, पुस ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

विराटनगर, ११ पुस ।

एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसको समस्या छिटोभन्दा छिटो समाधानका लागि पार्टी गहन रुपमा लागेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार सङ्घ मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यसका लागि सत्तारुढ दल र प्रतिपक्षी दलबीच आपसी सहमति आवश्यक रहेको धारणा प्रकट गर्नुभयो । उहाँले थारु र मधेसी मोर्चाको आन्दोलन राजनीतिक आन्दोलन रहेको र यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्दछ भन्नुभयो ।

नेता श्रेष्ठले मोर्चाको ११ बुँदे मागअन्तर्गत मुख्यतयाः तीन वटा विषयमा मौलिक हकअन्तर्गत समानुपातिक समावेशी, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनरवलोकनको मागलाई संविधान संशोधनको विधेयकको भाषा परिमार्जन गरी पूरा गरिने र सीमाङ्कनका सम्बन्धमा राजनीतिक समिति बनाएर समाधान गर्न सकिने बताउनुभयो ।

उहाँले नाकाबन्दीका कारण उत्पन्न सङ्कटलाई अन्त्य गर्न पहल गर्नुपर्ने र भूकम्पपछि नवनिर्माण कार्य र पीडितलाई राहत उपलब्ध गराउने कार्यमा तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । मन्त्रालय टुक्रयाउने र मन्त्री थप्ने विषयमा पार्टीको असहमति रहेको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ