माओको १ सय २२ जन्मोत्सव आज विश्वभर मनाइदै

माओको १ सय २२ जन्मोत्सव आज विश्वभर मनाइदै

  • शनिबार, पुस ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाण्डौ,११ पौष ।

कम्युनिष्ट आन्दोलनका चर्चित तथा चिनियाँ साम्यवादी नेता माओत्सेतुङको १ सय २२ औं जन्मोत्सव आज विश्वभर मनाइदै छ । नेपालका कम्युनिष्ट पार्टीहरूले पनि छुट्टा छुट्टै कार्यक्रम गरि माओको सम्झना गर्दै छन ।

चीनको ऐनानमा सन् १८९३ डिसेम्बर २६ का दिन जन्मेका माओको मृत्यु १९७६ सेप्टेम्बर ९ तारिखका दिन भएको थियो । बिश्व कम्युनिष्ट बिचारका प्रवर्तकहरुमा माओलाई एक महान् दार्श्निकका रुपमा मानिन्छ । माओ जनवादी गणतन्त्र चिनका संस्थापक पिता हुन् ।

गरीब मजदुर किसानहरुलाई एक बनाई उनीहरुको शासन व्यवस्था ल्याउन सकिन्छ भन्ने माओको बिचारमा पाइन्छ । उनले चीनमा आफ्नो बिचारको व्यवहारिक प्रयोगगरी गरीबको राज्यसत्त्ता ल्याएका थिए ।

माओको नेतृत्वमा सन् १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनका प्रवर्तक माक्र्स, र लेनिने विकाश गरेका थिए । सिद्धान्तलाई माओले चिनमा सिर्जनात्मक प्रयोग गरेर थप सम्बृद्ध पारेको छन् । नेपालका कम्युनिष्ट पार्टीहरुले माओ विचारधारालाई अगांले पनि एकै ठाउमा भने उभिन सकेका छैनन् ।

नेपालमा माओको सिद्धान्त अंगाल्दै १० बर्षे जनयुद्ध गरेको माओवादी पार्टी पनि बिभाजन हुने क्रम रोकिएको छैन । पार्टी शान्तिप्रक्रियामा आएसँगै टुक्रिएर जनयुद्धका क्रममा मुख्य भुमिकामा रहेका शिर्ष नेताहरु मोहन बैद्य , नेत्रविक्रम चन्द लगायतले छुट्टै पार्टी बनाएका थिए ।

सो पार्टीबाट पनि केहि समयमा नै नेत्रविक्रम चन्द लगायतका नेताहरु बाहिरिएर अहिले अकै पार्टि निर्माण गरेका छन् । एमाओवादीमै रहदै आएका डा बाबुराम भट्टराई लगायतका नेताहरु पनि केहि समय अघि मात्रै पार्टीबाट अलग्गीएर नयाँ शक्ति गठन गर्दै हिडेका छन् ।

अन्य कम्युनिष्ट पार्टीहरु पनि समय समयमा बिभिाजित हुदै आएका छन । नेपालका कम्युनिष्ट पार्टीहरूले पनि छुट्टा छुट्टै कार्यक्रम गरि माओको सम्झना गर्दै छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ