काठमाडौ ११ पौष ।
लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज तराईका २२ जिल्लामा प्रदर्शन गर्ने भएका छन् ।
सरकारसँग तराईमा मात्र निर्णयक वार्ता गर्ने बताएको मोर्चाले निर्णयक वार्ताका लागि दवाव दिने उदेश्यले आज तराईका २२ जिल्लामा प्रशासन कार्यलय अगाडि धर्ना तथा प्रदर्शन गर्ने तयारी गरेको हो ।
आफूहरुको माग सुनुवाई नगरिकन सरकार एकतर्फी रुपमा बढेकाले दवावमुलक कार्यक्रम गर्न लागिएको सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
सरकारसँग वार्ताको औचित्य सकिएको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको मोर्चाले प्रमुख प्रतिपक्षी दल नेपाली र सत्तारुढ दल एकिकृत नेकपा माओवादीसँग भने निरन्तर छलफल गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline