काँग्रेसले दृढतापूर्वक संविधानको कार्यान्वयन गर्ने पौडेलको दाबी

काँग्रेसले दृढतापूर्वक संविधानको कार्यान्वयन गर्ने पौडेलको दाबी

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाण्डौ,१० पौष ।

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफ्नो नेतृत्वको सरकारले बनाएको नेपालको नयाँ संविधानलाई काँग्रेसले दृढतापूर्वक कार्यान्वयन गर्ने बताउनुभएको छ ।

नेपाल डेमोक्रयाटिक लयर्स एसोसिएसनको पश्चिमाञ्चल क्षेत्रीय सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उहाँले नेपालको समृद्धि र विकासका लागि लोकतन्त्रका पक्षमा २००७ सालदेखि अनवरत सङ्घर्षरत काँग्रेस संविधानको सफल कार्यान्वयनका माध्यमबाट राष्ट्रलाई समुन्नत बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

लोकतान्त्रिक समाजवादले परिकल्पना गरेका विषयलाई नयाँ संविधानले सम्बोधन गरेको बताउँदै उहाँले काँग्रेसले आफ्नो स्थापनाकालदेखि समाजिक भेद्भाव र विसङ्गतिका विरुद्धमा गरेको सङ्घर्षकै जगमा राष्ट्रले नयाँ संविधान प्राप्त गरेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ