नेपाल र चीनबिच आठ बुँदे सहमति

नेपाल र चीनबिच आठ बुँदे सहमति

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाण्डौ,१० पौष ।

नेपाल र चीनबिच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने लगायतका बिभिन्न आठ बुँदामा सहमती भएको छ । बेइजिङमा भएको नेपाल र चीनका विदेशमन्त्री स्तरीय वार्तामा यस्तो आठ बुँदे सहमति भएको हो ।

परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको टोली र चीनका विदेश मन्त्री वाङ यीले नेतृत्व गरेको टोलीबीच बेइजिङस्थित विदेश मन्त्रालयमा भएको आठ बुँदे सहमती संयुक्त विज्ञप्तीको रुपमा जारी गरिएको छ ।

सहमतीको चौथो बुँदामा चीन र नेपालबीच दीर्घकालीन रुपमा तेल र ग्यासको व्यापार गर्ने उल्लेख छ । इन्धन संकट समाधान गर्न नेपाललाई मध्यकालीन र दीर्घकालीन रुपमा आपूर्ति व्यवस्था मिलाउन चीन सहमत भएको संयुक्त विज्ञप्तीमा जनाइएको छ।

विगत ६० वर्षमा नेपाल–चीन सम्बन्ध घनिष्ठ रुपमा अगाडि बढेको ठहर गर्दै अर्को वर्ष प्रधानमन्त्री तहको उच्च भ्रमण आदानप्रदान गर्ने बिषयमा पनि सहमती भएको जनाइएको छ । यस्तै चीन–नेपाल सीमा व्यापार विस्तार गर्न सुक्खा बन्दरगाहहरू तथा सीमा नाकाहरू व्यवस्थित गर्ने सहमति भएको बताइएको छ ।

द्विपक्षीय वार्तामा चीनका विदेशमन्त्री वाङ यीले आन्तरिक राजनीतिक संक्रमण सफलताका साथ पार गरेर नेपाल ऐतिहासिक रुपमा आर्थिक विकासको युगमा प्रवेश गरेको र त्यसमा सहयोग गर्न चीन निकै उत्सुक रहेको बताउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ