फटाफट काम गरौ भने पनि परिस्थिति प्रतिकूल देखियो : प्रम ओली

फटाफट काम गरौ भने पनि परिस्थिति प्रतिकूल देखियो : प्रम ओली

  • शुक्रबार, पुस १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सानो र छरितो मन्त्रिपरिषद् बनाएर देश र जनताको हितमा फटाफट काम गरौँ भनेर सोचेको भएपनि परिस्थिति त्यसको प्रतिकूल देखिएको बताउनुभएको छ ।

उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले आज यहाँ आयोजना गरेको ‘नयाँ संविधान र सेवा प्रवाहको सन्दर्भमा जवाफदेहिता’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो – “म चाहन्थेँ अलि सानो, छरितो मन्त्रिपरिषद् बनाएर ड्याङ कि ड्याङ काम गराँै । धेरै कुरा त्यसका प्रतिकूल रहे । यसका निम्ति शायद समय लाग्छ कि जस्तो छ । प्रारम्भमै सबै कुरा ठीक गर्छु भन्दा ठीक नहुने रहेछ । ठीक बाटो समातेर अघि बढ्दै जानुपर्ने आवश्यकता देखेको छु ।”

मुलुकको भौगोलिक, जातीय, आर्थिक र सामाजिक विविधतालाई बुझेर राष्ट्रिय एकता बलियो हुने संविधान निर्माण गरिएको प्रधानमन्त्री ओलीले दाबी थियो ।

उहाँले भन्नुभयो – “सामन्ती निरङ्कुश राजतन्त्र, निर्दलीय शासन व्यवस्थाका अनेकौं प्रकरणका अनुपयुक्त सोच र धारणालाई परास्त गरेर आउँदा अलि हौसिएर हुन सक्दछ हामीलाई सबै कुरा तत्कालै सविधानले पूरा गर्दियोस् भन्ने लागेको ।

तर त्यस्ता कुरा भनेको चौध वर्षको जेल र नेलको सजाय भोगेपछि बिना तयारी कता उडाँै भनेर आफूले गरेको गोसाइँकुण्डको यात्रा जस्तै हो ।” एक सय पच्चीस जातजाति, भाषाभाषी र भौगोलिक विविधता समेतलाई ध्यानमा राखेर मुलुकलाई सुशासन र समृद्धितर्फ लैजाने सङ्कल्पसहित संविधान जारी गरिएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो – “त्यसकारण यो संविधान देश बनाउनका लागि अनुकूल छ, अगाडि जान्छ ।”

आपूर्ति सहज बनाउन, भूकम्पपीडित जनतालाई सकेसम्म छिटो राहत दिन र कानुन विहीनताको अबस्था रहन नदिन सहमतिका साथ जानुको अर्को विकल्प नरहेकामा त्यसमा समेत बाधा खडा गरिएको बताउँदै प्रधानमन्त्री ओलीले केही दिनभित्रै प्रभावकारी कदम चालेर तस्करी र कालोबजारीलाई नियन्त्रण गर्ने अठोट व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ