केही दिनभित्र तराई मधेसको समस्या समाधान हुन्छ : प्रचण्ड

केही दिनभित्र तराई मधेसको समस्या समाधान हुन्छ : प्रचण्ड

  • बिहिबार, पुस ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, ९ पुस ।

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसमा जारी समस्या राजनीतिक तवरले एकाध दिनभित्रै सम्बोधन हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले उहाँकै निवास लाजिम्पाटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष दाहालले व्यवस्थापिका–संसद्मा पेस भएको संविधान संशोधन विधेयकलाई पारित गर्न मधेसवादी दलको समेत सहयोग रहने बताउनुभयो ।

मुलुकले भोग्नुपरेको समस्या समाधान गर्न विशेष पहल गरिरहेको जानकारी दिँदै उहाँले शुक्रबार मधेसी मोर्चासँग सार्थक वार्ता गरिने र त्यसका लागि सरकार र राजनीतिक दललेसमेत सकारात्मक पहल गरिरहेको उल्लेख गर्नुभयो ।

आज पनि मधेसी मोर्चाका नेतासँग एक चरण वार्ता भएको र आन्दोलनरत दल पनि समस्या समाधान गर्नुपर्छ भन्नेमा रहेको आफूले पाएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सबै पक्ष लचिलो भएर प्रस्तुत भए एकाध घन्टामा समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

मधेसी मोर्चाले उठाएको प्रदेशको सीमाङ्कनबाहेकका विषयमा सहमति जुट्ने अवस्था रहेको भन्दै उहाँले सदनमा पेस भएको संविधान संशोधनको भाषा कस्तो बनाउने र कसरी सहमति जुटाउने भन्नेमा दलबीच संवाद जारी रहेको बताउनु भयो ।

भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण विधेयक पारित गर्न सहयोग गरे जसरी नै मोर्चाले संविधान संशोधन विधेयक पारित गर्न सहयोग गर्नसक्ने भन्दै उहाँले त्यसबाट केही माग सम्बोधन हुने र बाँकी रहेका विषयमा सम्बोधन गर्न तीन महिनाको समयसीमा दिएर उच्चस्तरीय समिति बनाइने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ