काठमाडौ ९ पौष ।
लामो समयदेखि तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आज तराईका विभिन्न जिल्लामा मशाल जुलुस निकाल्ने भएको छ ।
चार महिनादेखि आन्दोलनरत मोर्चाले संसदमा पेश भएको संविधान संशोधन विधेयक अपूरो रहेको भन्दै त्यसको विरोधमा मशाल जुलुस निकाल्ने तयारी भएको सद्भावनाका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो ।
यसैबीच मोर्चाको आनदोलनलाई सशत्तः बनाउने अभियान स्वरुप सद्भावना अध्यक्ष राजेन्द्र महत्तो विराटनगरको रानी भन्सार नाका अवरुद्ध गर्नका लागि आज त्यसतर्फ जानु हुने महासचिव सुमनले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline