काठमाडौ ९ पौष ।
मन्त्री परिषदको बैठक आज बस्दैछ । दिउँसो एक बजेपछि सिंहदरबारमा बस्ने बैठकमा मन्त्रीपरिषद विस्तार गर्ने सरकारको तयारी छ ।
सरकारलाई समर्थन गरेका राप्रपा र नेपाल परिवार दललाई मन्त्रिपरिषदमा सहभागी गराउने तयारी भएको स्रोतले जनाएको छ ।
दुवै दलले एक एक ओटा मन्त्रालय पाउने भएका छन् र सरकारलाई समर्थन गरेको राप्रपाले मन्त्री छान्न ढिलाई गरेपछि मन्त्री परिषदले पूर्णता पाउन सकेको थिएन ।
पार्टीको आन्तरिक किचालो लम्बिदै गएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको बहस चलाएको राप्रपालाई अन्ततः प्रधानमन्त्री केपी ओलीले सरकारमा सहभागी गराउन लाग्नु भएके हो ।
यस्तै एक मात्र सभासद रहेको परिवार दलबाट अध्यक्ष एकनाथ ढकाल मन्त्री बन्नु हुने भएको छ । उहाँहरुलाई आजै साँझ पाँच बजे पद तथा गोपनीयताको सपथ गराउने कार्यक्रम रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline