काठमाडौं,८ पौष । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पाँच दिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्नुभएको छ ।
नेपाल–चीन कुटनीतिक सम्वन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसरमा उच्चस्तरीय भेटभाट तथा बार्ताका लागि थापा चीन प्रथान गर्नुभएको हो । नेपाली प्रतिनीधि मण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री थापा १ वजेर ३५ मिनेटमा थाईएरबाट वैंकक हुदै चीन जानुभएको हो
।
भ्रमणका क्रममा चीनीयाँ पक्षसंग विशेषगरि इन्धन आपूर्तिका विषयमा छलफल हुनेछ । द्धिपक्षीय लगानी तथा सुरक्षण सम्झौता बिप्पा, स्वतन्त्र व्यापार सम्झौता एफटीए, पारवहन तथा व्यापार तथा इन्धन आयत सम्झौता टुङ्गोमा पुर्याईने पनि बताईएको छ ।
विविध पक्षमा छलफल गर्नुपर्ने भएकाले भ्रमण टोलीमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्निप्रसाद खरेल, परराष्ट्र, अर्थ, र वाणिज्य मन्त्रालयका सचिवका साथै परराष्ट्र, कानुन, न्याय तथा संसदीय व्यवस्था र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारी समावेश छन् ।