काठमाडौं, ७ पौष । सरकारले व्यवस्थापिका संसदमा संविधान संशोधन विधेयक पेश गरेको छ । संविधान संशोधन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव सरकारका तर्फबाट आज उद्योग मन्त्री सोमप्रसाद पाण्डेले उक्त विधेयक पेश गर्नुभएको हो ।
मधेसी मोर्चाको चर्को नाराबाजीबीच पेश भएको उक्त विधेयकमाथि आगामी पौष १२ गते बस्ने बैठकमा छलफल हुनेछ । यसैगरी बैठकमा सांसदहरु रामहरी खतिवडा, अनुराधा थापामगर, प्रेमबहादुर सिंह, सुशीला नेपाल, मीना पुन लगायतले गत हप्ता जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको अपमान र दोषीमाथि कारबाही गर्न माग गर्नु भएको छ ।
संसद बैठक आगामी पुस १२ दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । यसैविच जनकपुरको जानकी मन्दिरमा राष्ट्रपति विद्या भण्डारी माथि भएको दुव्र्यवहारबारे संसदलाई जानकारी गराउन सभामुख ओनसरी घर्तीले सरकारलाई निर्देशन दिनुभएको छ ।
संसदको आजको बैठकमा सांसदहरुले जनकपुरमा राष्ट्रपति माथि भएको दुर्व्यवहारको विरोध गर्दै दोषी माथि कडा कारवाहि गर्न माग गरेका थिए । सांसदहरुले यो घटना राष्ट्रपति माथिको दुव्र्यवहार मात्र नभएर समग्र महिला माथिको प्रहार भएको बताउनुभएको छ । रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागि हुन जनकपुर जाँदा राष्ट्रपति भण्डारी माथि दुव्र्यवहार भएको थियो ।