धरान ,८ पौष ।
करिब १० वर्ष अघिसम्म धरानमा हुस्सुको नदेखेका धरान १२ का ९१ बर्षिय मेहरमान सुन्दास अहिलको जाडो केही फरक पाउनुहुन्छ् ।
त्यो बेला हुस्सू नलागे पनि असाध्यै जाडोको महसुस गर्ने सुन्दास अहिले हावाले जाडो ल्याएको बताउ“छन् ।
उहा“ भन्नुहुन्छ् ‘यो त हावाको जाडो हो । त्यो बेलाको जस्तो जाडो कहाँ छ र अहिले ?’
डिसेम्बर महिनामा धरानको औषत तापक्रम १३ दशमलव ९ डिग्री सेल्सियस थियो । तर, यो वर्षको डिसेम्बरको यो अवधिसम्म औषत तापक्रम १४ दशमलव ५ डिग्री सेल्सियस छ ।
सन् २०११ को डिसेम्बरमा औषत तापक्रम १२ डिग्री सेल्सियस रहेको पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालय धरानको तथ्याङ्कमा उल्ल्ेख छ ।
त्यही भएर होला सुन्दासले पहिलेको जाडो र अहिलेको जाडोमा धेरै अन्तर पाउ“नुहुन्छ् । उहा“ एकैछिनमा हुस्सु देख्छन् । एकैछिनमा खुलेको पाउ“छन् । तर, त्यो बेला यस्तो हुदैन थियो रे ? ।
गुम््म भए पनि चिसो राम्रैसँग हुन्थ्यो । सामान्यतः चिसोको सुरुवात पश्चिमी क्षेत्रबाट हुन्छ । मनसुनको सुरुवात पूर्वको बंगालको खाडी मानिए झै चिसोको प्रारम्भ भारतको राजस्थान हुँदै पश्चिमी बायुको प्रभाव पूर्व्तिर पर्न थाल्छ ।
त्यस्तै धरान–८ का ८९ बर्षिय दधिराम ढुङ्गेलले पनि जाडोको अनुभूति केही फरक पाउनुभएको छ । ‘पहिला उत्पात्तै जाडो महसुस हुन्थ्यो ।, अहिले त्यस्तो जाडोको महसुस हुँदैन उहा“ले सुनाउनुभयो । उहा“ले पनि जाडो घटिरहेको महसुस गर्नुहुन्छ जो तथ्याङ्कसँग समेत मेल खान्छ ।
‘डिसेम्बर महिनामा औषत साढे १४ डिग्री सेल्सियस तापक्रम छ ।’ पूर्वाञ्चल क्षेत्रीय हावापानी कार्यालयका प्राविधिक सुदर्शन हुमागाई भन्छन् ‘जवकि गतवर्ष औषत १३ को हाराहारीमा थियो ।’ यो वर्ष मंसिर २९ गते मात्रै सबैभन्दा कम १० दशमलव ५ डिग्री सेल्सियसमा तापक्रम आइपुगेको थियो । पानी नपरेको कारणले पनि यो वर्षको जाडो ओरालो लाग्न नसकेको प्राविधिकहरु बताउँछन् ।
त्यो अनुभूति गर्दै ढुङ्गेल भन्छन् ‘आकाश धुम्मिएर पानी गिर्नु हो भने जाडो केही न केही बृद्धि भइहाल्थ्यो नानी ।’ पानी नपरेका कारणले पनि भनेजति स्याँठ नबढेको विषयमा हावापानी कार्यालयका प्रमुख राजिवकुमार झा समेत स्वीर्काछन् । उहा“ भन्नुहुन्छ ‘पानी नपरेकाले उति चिसो भएको छैन् । नत्र तापक्रम अझै कम हुन्छ ।’
प्रमुख झालेसमेत हावाको कारणले पनि चिसो महसुस गरिएको हो । भारतको जम्बुकास्मिरमा मौसमको केही विकास भएको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यो प्रणालीले चारदिन पछि पश्चिमबाट केही बादल नेपाल भित्रिन सक्ने सम्भावना देखिएको छ । तर, त्यो त्यति बलियो नहुँदा पानी पर्ने सम्भावना पनि क्षीण रहेको महाशाखा बताउँछ ।
हावापानी कार्यालयको पछिल्लो पाँचवर्षको तथ्याङ्क हेर्दा सन् २०११ मा डिसेम्बरमा औषत १२ डिग्री रहेको चिसो २०१२ मा पुग्दा १ बढेर १३ डिग्री सेल्सियस औषत भएको छ । औषत क्रम हरेक वर्ष डिसेम्बरमा एक–सवा डिग्रीले बढ्दो रहेको प्रमुख झा बताउँछन् ।
१० वर्ष अघिसम्म धरानको अवस्था यस्तो नभएको वृद्धाहरु बताउँछन् । सुन्दास थप्छन् ‘अहिले हुस्सु लाग्न थाल्यो । १० वर्ष अघि हुस्सु त लाग्दै लाग्दैनथ्यो । शीत पर्दैनथ्यो । हुस्सु त चारकोशेबाट उत्तर आउँदै आउँदैनथ्यो ।’
तर, अहिले हुस्सु पनि बाक्लिन थालेको छ । यसको अर्को प्रमुख कारण वातावरण विनाससँगै विकास निर्माण तिब्र र धुवाधुलोको कारण पनि यस्तो हुन थालेको मौसमबिज्ञहरुको भनाइ छ । धुवाधुलोको कारण बायुमण्डल प्रदुर्षण भइरहेको छ भने त्यसका कारण पृथ्वीको सतहमा जसरी सूर्यको किरणहरु आइपुग्नु पर्ने हो त्यो मात्रामा आइनपुग्दा पनि चिसो महसुस हुन थालेको छ ।
धरानमा हरेक वर्ष औषत तापक्रममा एक डिग्री सेल्सियसले बढे पनि पश्चिमी बायुको प्रभावले जाडो उकालिन थालेको छ ।