व्यवस्थापिका संसदको बैठक आज बस्दै

व्यवस्थापिका संसदको बैठक आज बस्दै

  • बुधबार, पुस ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ८ पौष ।  व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । यसअघि सहमतिका लागि ५ दिन स्थगित गरेको बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा मधेशी केन्द्रित दलका सांसदहरुको अवरोधका बाबजुद प्रतिपक्षी कांग्रेसले संसदमा पेश गरेको संविधान संशोधन विधेयकमाथि छलफल गर्ने कार्यसुची रहेको छ । बैठकअघि सभामुख ओनसरी घर्तीले अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्नुभएको छ ।

मधेसी मोर्चाले लामो समयदेखि संसद अवरुद्ध गर्दै आएकाले सहमतिका लागि अपनाउन सकिने उपायबारे उहाँहरुबीच छलफल भएको सभामुखका पे्रस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

यस्तै संविधान संशोधन विधेयक अगाडि बढाउने विषयमा पनि सभामुखले संसद बैठक अगाडि विभिन्न ७ दलका प्रमुख सचेतकहरुसँग संसद भवन नयााबानेश्वरमा भेट गर्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ