तुलसीपुर(दाङ), ७ पुस ।
नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष उदय शमशेर राणाले देशको समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपाली काँग्रेस मुलुकको समस्या समाधानका लागि कूटनीतिक पहलमा लागेको बताउनुभयो ।
मधेसको समस्या समाधानका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न आफूहरु तयार रहेको पनि उहाँले बताउनुभयो ।
काँग्रेस नेतृत्वको सरकारले संविधान लेखे पनि त्यो जनतामाझ पु¥याउन र बुझाउन नसक्नु बिडम्वना भएको उहाँको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline