संविधान कार्यन्वयनमा प्रमुख दलको एकता आवश्यक छ : खनाल

संविधान कार्यन्वयनमा प्रमुख दलको एकता आवश्यक छ : खनाल

  • मङ्लबार, पुस ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

इलाम, ७ पुस ।

नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले भारतले गरेको अघोषित नाकाबन्दी अब उसलाई नै घाँडो भएकाले चाँडै अन्त्य हुने बताउनुभएको छ ।

श्रीअन्तु गाविसमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नयाँ संविधानमा राम्रा कुरा धेरै भएकाले यसलाई बुझाउन हामी सबैको दायित्व हो भन्नुभयो ।
एक फरक प्रसङ्गमा उहाँले संसद्मा रहेका मुख्य राजनीतिक दलको एकता अझै पनि आवश्यक रहेको बताउँदै संविधानलाई तल्लो तहसम्म बुझाउन सकेमा संविधानका विषयमा रहेको भ्रम अन्त्य भएर जाने बताउनुभयो ।

अन्तुडाँडालाई नेपालमा मात्र नभएर विश्वमै चिनाउन र होम स्टेको विकास गर्न सके पर्यटन व्यवसाय फस्टाउने समेत उहाँको भनाइ छ । क्षेत्र नं १ निर्वाचन क्षेत्रका बासिन्दाले नेपालको सीमावर्ती समालबुङ र श्रीअन्तुको विकासमा लाग्न उहाँलाई अनुरोध गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ